3 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्कीको दुई गोलमा त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबविरुद्ध अग्रता लिएको छ ।

खेलको चौथो मिनेटमा जगजित श्रेष्ठको पासमा कप्तान जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । जगजितले दायाँ विंगबाट दिएको क्रसलाई जिलेस्पीले हेडरमार्फत गोल गरेका थिए ।
खेलको २५ औं मिनेटमा तिन डिफेन्डरलाइ बिट गर्दै सातदोबाटोका दिपक राज सिंह ठकुरीले गरेको प्रहार आर्मीका सुरज बस्नेतलाई लाग्दै गोलमा परिणत भयो । गोलरक्षक अभिषेक बरालले दिएको लामो पास रोक्ने क्रममा सुरजले सन्तुलन गुमाएपछि दिपकले त्यसको फाइदा उठाए । पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दिपकको प्रहार सुरजलाई लाग्दा गोलरक्षक विकेश कुथु बिट भएका थिए ।

खेलको ३८ औं मिनेटमा जिलेसपीले नै व्यक्तीगत दोस्रो गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । सातदोबाटोका डिफेन्डर पासाङ लामाले ६ यार्ड बक्स अगाडिबाट क्लियर गरेको बल जिलेस्पीले रोक्न खोज्दा गोल भएको थियो ।
त्यसअघि आजै भएको खेलमा मच्छिन्द्र क्लबले संकटालाई तथा न्यु रोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबलाई समान २-१ ले पराजित गर्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]