default_image

3 years ago

April 9, 2023

एनआरटीको पूनरागमन जित

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ ।

एनआरटीले १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित निकालेको हो । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीको जितमा रोहन खड्गी र जेनिश प्रजापतिले गोल गरे । शेर्पाका खामिर गिल्सन कनदङ्वाको गोल सान्त्वना बन्यो ।

खेलको १४औं मिनेटमा खामिरको गोलबाट एनआरटी पहिलो हाफमा १–० ले पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो ।

६६औं मिनेटमा रोहन खड्गीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा जेनिश प्रजापतिले गोल गर्दै एनआरटीलाई रोमाञ्चक जित दिलाए ।

सातौं चरणमा आइपुग्दा एनआरटीको यो पहिलो जित हो । यसअघि एनआरटीले समान ३ बराबरी र ३ हारको नतिजा आत्मसात गरेको थियो । यस जितसँगै एनआरटीले ७ खेलबाट ६ अंक जोडेको छ । शेर्पाको पनि ६ अंक नै छ ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.