default_image

3 years ago

April 10, 2023

थ्री स्टार र मनाङको बराबरी

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबको खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो ।

थ्री स्टारले दोस्रो हाफमा सन्तोष साहुखलको गोलममा अग्रता लिएपनि कोफी कोउडुले बराबरी गोल फर्काए । यस बराबरीले मनाङ ७ खेलमा १५ अंकसहित शीर्षस्थानमा यथावत छ । थ्री स्टार पनि ७ खेलमा ११ अंक जोड्दै सातौंमा रह्यो ।

१२ औं मिनेटमा दिपेश गुरुङको पासमा सन्तोष साहुखलको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए । २६ औं मिनेटमा अशोक खवास र दिपेश गुरुङले निर्माण गरेको मुभमा आदित्य शाक्यको अन्तिम प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो ।

४५ औं मिनेटमा मनाङले अग्रता लिने अवसर गुमायो । पेनाल्टी क्षेत्रबाहिर कोफी कोउडुले पिटर सेगुनबाट बल खोसेपनि उक्त बललाई सदुपयोग गर्न सकेनन् । उनले वन भर्सेस वनमा सट प्रहार गर्न निकै समय लिएपछि अन्तिम पास विक्रम लामाले क्लियर गरे । इन्ज्युरी समयमा मनाङका कमल थापाको फ्रिकिकलाई गोलरक्षक मोहमद ताहाले बाहिर पठाए ।

५१ औं मिनेटमा विराज महर्जनको फ्रिकिकमा योगेश गुरुङको हेडर दीपले बचाए । ७५ औं मिनेटमा आदित्य शाक्यको फ्लिकमा अजायी मार्टिन्स पेनाल्टी क्षेत्रभित्र ढिलो पुग्दा प्रवेश कुँवरले बल क्लियर गर्दै मनाङको खतरा टारे ।

७८ औं मिनेटमा सन्तोषले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । लाकेन लिम्बुले पेनाल्टी क्षेत्र बाहिर रणदिप पौडेलसँग ५०/५० प्रयासमा हेडर जित्दा आएको हाफ भलीलाई सन्तोषले पहिलो टचमै गोल गरे ।

८४ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । भिषण गुरुङको लामो पासमा कोफी कोउडुको हेडर गोल भएको थियो । थ्री स्टारका गोलरक्षक मोहमद ताहा चिप्लिंदा कोउडुको हेडर गोलमा परिणत भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.