default_image

6 months ago

April 11, 2023

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो । स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए […]

24 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ३६औं मिनेटमा राफिन्हाको प्रहारमा पनि गोलरक्षक नै बाधक बने । लगत्तै ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने ।

५६औं मिनेटमा जिरोनाले अग्रता लिन सुवर्ण अवसर खेर फाल्यो । कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्ज्युरी समयमा बार्सिलोनाले दुई अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ ।

बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ ।

October 2, 2023

विमल एफसी चितवनका आइकोनिक खेलाडी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]

October 1, 2023

झापा एफसी र नाडाबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु […]

October 1, 2023

नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता (दशै सकर प्रतियोगिता २०२३) सुरु भएको छ । नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । प्रतियोगिता गत सेप्टेम्बर १६ बाट सुरु भएको हो । हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम […]

Success

Thank you for your time.