default_image

3 years ago

April 12, 2023

इन्टर मिलानले बेन्फिकालाई हरायो

222 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको छ ।

इन्टरले घरेलु टोली बेन्फिकामाथि २–० को सहज जित निकालेको हो । इन्टरको जितमा निकोलो बरेल्ला र रोमेलु लुकाकुले गोल गरे । लिस्वनमा मंगलबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले एलेसान्द्रो बास्टोनीले गोल गर्न सफल भए ।

८२औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरको जित पक्का गरे । डेन्जेल डम्फ्रेजको क्रसलाई पेनाल्टी बक्समा जोआओ मारियोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गर्दा लुकाकु चुकेनन् ।

यस जितसँगै इन्टरले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सकेपनि इन्टर सेमिफाइनलमा पुग्नेछ ।

बेन्फिकालाई भने निश्चित कम्तीमा पनि ३–० को जितको खाँचो छ । दोस्रो लेग इन्टरको मैदानमा १९ अप्रिलमा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.