3 years ago
April 12, 2023
एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका छन् ।

मंगलबार राति भएको युइएफए च्याम्पियन्स लिग अन्तरगतको क्वाटरफाइनलको पहिला लेगमा म्यानचेस्टर सिटीले ३–० को जित निकालेको खेलमा एक गोल गरेसँगै हालान्डले उक्त कीर्तिमान बनाएका हुन् ।
२२ वर्षीय हालान्डले एकै सिजन ३९ खेलमा ४५ गोल गरेर कीर्तिमान बनाएका हुन् । उनले यसअघि लिभरपुलका मोहम्मद सलाहले र म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोएले एकै सिजन ४५ गोल गर्दै कीर्तिमान बनाएका थिए ।
दुवैले ५२ खेलमा ४४ गोल गर्दै कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान हालान्डले यो सिजनको अझै दुई महिना बाँकी रहँदै तोडेका हुन् ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट यसै सिजनको समरमा सिटी आएका हालान्डले प्रिमियर लिगमा अद्भुत प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो नाममा कीर्तिमान बनाइराखेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]