default_image

5 months ago

April 12, 2023

मनाङलाई हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । लयमा रहेका राष्ट्रिय टोलीका फरवार्ड दीपक राज सिंह ठकुरीले पहिलो हाफमा गरेको गोलको मदतमा जित हासिल गर्दै सातदोबाटो मनाङको शीर्षस्थान खोस्न सफल भयो । दशरथ रंगशालामा बुधबार १-० ले पराजित भएसँगै मनाङको अपराजित यात्रामा पूर्णविराम […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ ।

लयमा रहेका राष्ट्रिय टोलीका फरवार्ड दीपक राज सिंह ठकुरीले पहिलो हाफमा गरेको गोलको मदतमा जित हासिल गर्दै सातदोबाटो मनाङको शीर्षस्थान खोस्न सफल भयो । दशरथ रंगशालामा बुधबार १-० ले पराजित भएसँगै मनाङको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

सातदोबाटो ८ खेलमा ५ जित, १ बराबरी र २ हारसँगै १६ अंक जोडेर अग्रस्थानमा पुगेको हो । मनाङ भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हारका साथ १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

४० औं मिनेटमा सातदोबाटोले दीपक राज सिंह ठकुरीको गोलमा अग्रता लियो । निरज चौधरीले दिएको पासमा दीपकले आफ्नो गतिको प्रयोग गर्दै डिफेन्स लाइन बिट गरेपछि गोलरक्षक दिप कार्कीविरुद्ध वन भर्सेस वनमा गोल गरे । दिपकको यो लिगमा छैटौं गोल हो । त्यसअघि विलियम ओपोकुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली फ्रिकिक प्रहार गोलरक्षक दिपले पन्च गरेका थिए ।

६४ औं मिनेटमा विलियमको प्रहारमा पुन: दीप नै बाधक बने । पेनाल्टी क्षेत्र बाहिर ३ डिफेन्डर पार गर्दै मिडफिल्डरको शक्तिशाली प्रहार दीपले मुस्किलले बचाए ।

त्यसअघि दिउँसो भएको खेलमा संकटाले न्यू रोड टिमलाई २-१ ले हरायो । हिमालयन शेर्पाले एपिएफमाथि ५-३ को जित दर्ता गरेको हो ।

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

September 22, 2023

आयोजक चीनको १६ गोल!

हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

Success

Thank you for your time.