3 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा विहीबार भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिएपनि फ्रेन्ड्सले दोस्रो हाफमा गोल फर्कायो । १९ औं मिनेटमा आशिष चापागाईंले चर्च ब्वाइजलाई अग्रता दिलाउने अवसर गुमाए । मिडफिल्डबाट आएको पासमा अफसाइड ट्रयाप बिट गरेपनि वन भर्सेस वनमा आशिषको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । उक्त बचाउपछि फर्केर आएको बल आशिषको हातमा लाग्दा अवसरमा पूर्णविराम लागेको थियो ।
२१ औं मिनेटमा चर्च ब्वाइजले सुरुवाती अग्रता लियो । सुशील शाहको लामो पासलाई जोस्पे बेम्पाले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरे । इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरी गोल गर्ने सुवर्ण अवसर गुमायो ।
७२ औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टीमा खेल बराबर गर्यो । मनोज राईले पेनाल्टी क्षेत्रभित्र रफिक अमिनुमाथि फल गरेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टीको निर्णय दिए । गोलरक्षक एभ्स प्रिसोले अमित तामाङको पेनाल्टीको दिशा ठम्याएपनि बल रोक्न सकेनन् ।
७५ औं मिनेटमा प्रिसोले उत्कृष्ट बचाउ गर्दै फ्रेन्ड्सलाई अघि बढ्न दिएनन् । अमितको फ्रिकिकमा रफिक अमिनुको हेडर प्रिसोले आफ्नो बायाँतर्फ पूरै डाइभ दिँदै कर्नर बनाएका थिए । अर्कोतर्फ ७९ औं मिनेटमा फ्रेन्ड्सका गोलरक्षक विशाल सुनारले पनि उत्कृष्ट बचाउ गरे । कमल श्रेष्ठको क्रसमा डेब्यु गरिरहेका भारतीय फरवार्ड रन्जित पान्द्रेको ६ यार्ड बक्स भित्रको प्रहारलाई बचाए ।
८६ औं मिनेटमा चर्च ब्वाइजका लागि मिलन राइले अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेनाल्टी क्षेत्रभित्र प्रेम भण्डारीले फुस्काएको बललाई अनमार्क रहेका मिलनले ६ यार्ड बक्स भित्रबाट पोस्टको दिशा दिन सकेनन् ।
यससँगै चर्च ब्वाइजको ८ खेलमा ३ जित र ५ बराबरीका साथ १४ अंक छ । सातदोबाटोको ८ खेलमा ५ जित र बराबरीले १६ सहित शीर्ष स्थानमा छ । फ्रेन्ड्सको ८ खेलमा ५ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]