3 years ago
April 13, 2023
कैलाली (हाम्रो खेलकुद) – नवलपरासीको फोर ब्रदर्श एफसीले तेस्रो जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनलमा कैलालीको स्टार सिटी युवा क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै फोर ब्रदर्श एफसी च्याम्पियन बनेको हो । निर्धारित समय दुवै टोलीले एक एक गोलको बराबरी खेलेका थिए ।
टाईब्रेकरमा फोर ब्रदर्शका सुदीप केसी, आशिष ज्ञवाली, मिसन दर्लामी, मनोज श्रेष्ठ र हरि बुढामगरले गोल गरे । स्टार सिटीका युवराज ढकाल, माधव भण्डारी, कुशल देउवा, किरण बोहराले गोल गरे । विक्रम लामाको प्रहार भने गोलमा परिणत हुन सकेन ।
त्यसअघि दोस्रो हाफको ७२औं मिनेटमा कमल देउवाले गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । ८७औं मिनेटमा दामोदर थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।
उपाधिसँगै फोर ब्रदर्शले ट्रफीसहित नगद ४ लाख प्राप्त गरेको छ । उपविजेता स्टार सिटीले ट्रफी सहित नगद २ लाखमा चित्त बुझाएको छ ।
कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी फोर ब्रदर्श दामोदर थापा भए । उनले नगद ५० हजार प्राप्त गरे ।
यस्तै सर्वाधिक गोलकर्ता फोर ब्रदर्शका विनोद केवट, उत्कृष्ट गोलरक्षक फोर ब्रदर्शका हरि बुढा मगर, उत्कृष्ट प्रशिक्षक फोर ब्रदर्शका धर्मराज भुसाल, उत्कृष्ट रक्षक स्टार सिटीका विष्णु चौधरी, उदयमान खेलाडी गौरीगंगा—११ स्पोर्टस क्लबका नीराजन धामी भए । उनीहरूले जनही नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गौरीगंगा नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखलगायतले पुरस्कृत गरे । चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]