3 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार दशरथ रंगशालामा आठौं चरणमा चर्च ब्वाइज युनाइटेड क्लब र फ्रेन्ड्स क्लबबीचको खेलपछिको पोस्ट म्याच प्रेस कन्फरेन्समा भिडियो खिच्न रोक लगाएको छ ।

लामो समयदेखि आन्तरिक विवादमा रहेको एन्फाले खेल पछि प्रशिक्षकलाई सोधिने नियमित पत्रकार सम्मेलनमा पनि भिडियो खिच्न रोक लगाएको हो । एन्फाका मिडिया प्रतिनिधिले नियमित रुपमा चल्दै आएको पोस्ट म्याचको भिडियो नखिच्न सन्चारकर्मीलाई भनेका थिए ।
यसअघि लिगका सबै खेल तथा नेपालमा हुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पनि पोस्ट म्याचमा भिडियो खिच्न रोक लगाएको थिएन । फिफा विश्वकपमा पनि पत्रकार सम्मेलनमा भने भिडियो खिच्न कुनै बन्देज हुँदैन । एन्फाका मिडिया प्रतिनिधिले भिडियो खिच्न रोक लगाएपछि बिहीबार पोस्ट म्याचमा पत्रकारले प्रशिक्षकलाई प्रश्न पनि गरेनन् । पछिल्लो समय एन्फा नेतृत्वले लिग संचालनमा गरेको प्रक्रियामा प्रशिक्षकले पटक पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
लिगको खेल तालिका र रेफ्रीको निर्णयमा प्रशिक्षकंले असन्तुष्टि व्यक्त गर्न थालेपछि एन्फाले भिडियो नै खिच्न नदिने कदम चालेको अनुमान लगाइएको छ । यसैपनि यसपटक प्रसारण अधिकार खरिद गरेको एमडिएसी प्रालिले डिजिटल माध्यममा खेलको भिडियो हाल्न रोक लगाएको छ । त्यो भने विश्वभर नै अधिकार प्राप्त गर्ने संस्थाले गर्न पाउँछ ।
तर प्रसारण अधिकार प्राप्त च्यानल आफैंले सामान्य स्तरको खेल पनि प्रसारण गर्न नसक्नु र अन्यलाई पनि खेलको भिडियो हाल्न नदिँदा समर्थकबाट नै त्यसको आलोचना भइरहेको छ । तर विश्वभर कतै नलागेको पत्रकार सम्मेलनकै भिडियो खिच्न नदिने एन्फाको कदमले भने अर्को आश्चर्य थपेको छ ।
एन्फा नेतृत्वमा अन्तरिक खिचातानी बढिरहँदा त्यसको असर एन्फाको गतिवधिमा पनि देखिन थालेको छ । सामाजिक संजालमै एन्फा नेतृत्वका प्रतिनिधि दुई खेमामा रहेको प्रष्ट देखिन थालेको छ । एन्फाको अन्तरिक कलह बाहिर नै छताछुल्ल हुँदा त्यसको असर बाह्य रुपमा पनि देखिएको छ ।
लामो समयदेखि एन्फाले आयोजना गर्ने हरेक किसिमका पत्रकार सम्मेलनमा अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राई अनुपस्थित रहँदै आएका छन् । कुनै समय वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का कार्यक्रममा देखा परेपनि उनी प्रश्नबाट पन्छिदै आएका छन् । नेतृत्वको चरम असफलताकै कारण सार्वजनिक कार्यक्रमबाट टाढा रहँदै आएको नेतृत्व मिडियालाई भिडियो खिच्न बन्देज गर्ने अवस्थामा पुगेको छ ।
एन्फा महासचिव किरण राईलाई यसबारे जानकारी गराउँदा उनले एन्फाले भिडियो खिच्न रोक लगाउने कुनै निर्णय नगरेको र घटनाका विषयमा आवश्यक छानबिन गर्ने ढाडस दिए । ए डिभिजन लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्सको मैदान र च्यासल मैदानमा सञ्चालन हुँदै आएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]