default_image

9 years ago

January 4, 2017

एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलतर्फ लम्कदै

124 views

0 Bookmark

स्पेन (एजेन्सी)– एट्लेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती पहिलो लेगको अवे खेलमा लस पालामासलाई २–० ले हराउँदै एट्लेटिकोले अन्ति आठको सम्भावना मजबुद बनाएको हो ।

athletico madrid greizmann

दुवै हाफमा १/१ गोल गर्दै अग्रता लिएपछि एट्लेटिकोका लागि दोस्रो लेग सह जबनेको छ । टोलीका लागि कोकेले पहिलो हाफ र एन्टोनी ग्रिजमानले दोस्रोहाफमा गोल गरेका थिए । ला लिगमा एटलेटिको भन्दा ७ अंकले पछि रेहेको लस पालमासले भने घरेलु मैदानमा साहसीपूर्ण खेल प्रदर्शन गरेपछि गोल गर्न भने सकेन ।

कोकेको २३ औ मिनेटमा झन्डै २० यार्डबाट गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलमा पछि परेपनि पहिलो हाफमा लस पालमास एट्लेटिकोलाई दबाबमा राख्न सफल भएको थियो । दोस्रो हाफमा पनि घरेलु टोलीले बल पोजेसन धेरै राख्यो तर गोल गर्न सकेन ।

५० औं मिनेटमा केभिन गेमैरोले बल मिलाइ दिएपछि फरवार्ड ग्रिजमानले खाली पोस्टमा हेड मार्फत गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए । लस पालमासले खेलको अन्त्यतिर केही गोलको प्रयास गर्यो तर सफल भएन । कोपाल डेल रेका अन्य खेलमा ओसासुनाले ऐबारलाई ३–० र सेल्टा भिगोले भ्यालेन्सियालाई ४– ले हरायो भने डिपोर्टिभो ला कोरुना र अलाभेसबीचको खेल २–२ को बराबरीमा टुंगियो ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.