5 months ago
April 15, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् । दायाँ खुट्टाको मेटाटर्सल हड्डी भाँचिएपछि उनले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ । बिहीबार राति युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा मार्टिनेजले चोट बोक्न पुगेका थिए । खेलमा […]
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
दायाँ खुट्टाको मेटाटर्सल हड्डी भाँचिएपछि उनले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ । बिहीबार राति युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा मार्टिनेजले चोट बोक्न पुगेका थिए ।
खेलमा युनाइटेड २–१ ले अघि रहँदा २५ वर्षीय मार्टिनेज ८६औं मिनेटमा चोट बोक्न पुगेका थिए । खेलमा परिवर्तन गर्ने खेलाडीको कोटा पनि सकिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफेल भरान पनि घाइते भएका छन् र उनी केही हप्ता मैदान बाहिर रहने बताइएको छ ।
अर्जेन्टिनाका लागि विश्वकप विजेता मार्टिनेजलाई ओल्ड ट्राफोर्डको पिचबाट बाहिर निस्कन सेभियाका गोन्जालो मोन्टिएल र उनका अन्तर्राष्ट्रिय टोलीका साथी मार्कोस अकुनाले मद्दत गरेका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर उपचारका लागि लगिएको थियो ।
मार्टिनेज गत जुलाईमा डच क्लब आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए र उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन् ।
अगस्ट २०२१ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट क्लबमा आवद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ लिग खेल खेलेका छन् । भरानले पनि चोट बोकेपछि ४६औं मिनेटमा ह्यारी मगाएरले प्रतिस्थापन गरेका थिए । युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा ९ खेल बाँकी छ र क्लब अझै एफए कप र युरोपा लिगमा छ ।
आइतवार नटिङहम फरेस्टविरुद्ध युनाइटेडको लिग खेलअघि बोल्दै प्रशिक्षक एरिक टेन ह्यागले हामीसँग धेरै राम्रो सेन्टर ब्याक रहेको र मगाएर र भिक्टर लिन्डेलोफ मार्टिनेज र भरानको सम्भावित विकल्प रहेको बताएका छन् । युनाइटेडले क्लबको शीर्ष गोलकर्ता मार्कस रासफर्डलाई पनि गुमाइसकेको छ ।
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]