default_image

1 year ago

April 15, 2023

आर्मीलाई खुमलटारले हरायो

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल क्लब खुमलटारले विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । पछिल्लो खेलमा ७ गोल खाएको खुमलटारले दशरथ रंगशालामा शनिबार ३-२ को जित दर्ता गरेको हो । खुमलटारको जितमा मेसुके ओलोमोउले २ तथा रेजिन सुब्बाले १ गोल गरे । नवयुग श्रेष्ठ र सुशान्त चौधरीले गोल फर्काएपनि आर्मीले नतिजा बदल्न […]

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल क्लब खुमलटारले विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । पछिल्लो खेलमा ७ गोल खाएको खुमलटारले दशरथ रंगशालामा शनिबार ३-२ को जित दर्ता गरेको हो ।

खुमलटारको जितमा मेसुके ओलोमोउले २ तथा रेजिन सुब्बाले १ गोल गरे । नवयुग श्रेष्ठ र सुशान्त चौधरीले गोल फर्काएपनि आर्मीले नतिजा बदल्न सकेन । खुमलटारले ४ खेलको जितविहिन यात्रामा पूर्णविराम लाउँदा आर्मी भने लिगमा तेस्रो पटक पराजित भएको हो । खुमलटार ९ खेलमा १० अंकसहित दशौं स्थानमा उक्लँदा आर्मी ३ जित, ३ बराबरी र ३ हारका साथ १२ अंकसहित सातौं स्थानमा कायम छ ।

सातौं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । स्टेफन बिनोङको क्रसमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट मेसुकेलाई पास दिएपछि क्यामरुनी फरवार्डले शक्तिशाली प्रहारमार्फत गोल गरे ।

१८ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । नवयुग श्रेष्ठले सिजनको चौथो गोल गर्ने क्रममा पेनाल्टीमा बराबरी गोल गरेका थिए । नवयुगकै फ्लिक अभिषेक लिम्बुले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२७ औं मिनेटमा मेसुकेले फ्रिकिकमा गोल गर्दै खुमलटारको अग्रता पुन: स्थापना गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयमा आर्मीले बराबरी गर्न सुवर्ण अवसर पाएको थियो । जगजित श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्सले रोके । फुस्किएको बल जिलेस्पीले ब्याक पास दिएपछि जगजितको दोस्रो प्रहार सिधै गोलरक्षक देव लिम्बूको हातमा पुग्यो ।

५४ औं मिनेटमा खुमलटारका लागि कप्तान रेजिन सुब्बाले गोल थपे । स्टेफन बिनोङले पेनाल्टी क्षेत्र भित्रबाट दिएको हेडर पासलाई रेजिनले डिफेन्डरसँग ५०/५० को च्यालेन्जको अवस्थाबाट गोलमा परिणत गरे ।

८२ औं मिनेटमा स्टेफानको हेडरमा पोस्ट बाधक बन्दा खुमलटारले अग्रता बढाउन पाएन । मेसुकेले दायाँ विंगबाट दिएको लामो पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका बिनोङको हेडर पोस्टमा लागेर फर्केको थियो ।

९० औं मिनेटमा सुशान्त चौधरीले गोल गर्दै आर्मीको सम्भावना जीवित राखे । दिनेश हेन्जनको लामो पासलाई गोलरक्षक देव लिम्बुले समात्न नसक्दा सुशान्तले ६ यार्ड बक्स भित्रबाट खाली पोस्टमा गोल गरे ।

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

Success

Thank you for your time.