3 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले भारतीय महिला लिग खेल्ने भएकी छिन् ।

रेखाले स्पोर्ट्स ओडिसा सँग लिगका लागि सम्झौता गरेकी हुन् । यसअघि राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सुरु लिम्बु लिगकै लागि भारत प्रस्थान गरेका थिए ।
एन्जिलाले सेथु एफसी, सावित्राले गोकुलम केरेला तथा रेनुका र सरुले नव प्रवेशी क्लब किक स्टार्टबाट खेल्नेछन् । यसअघि नयाँ सिजनका लागि गीता राना र एन्जिला तुम्बापो सुब्बा सेथुमा अनुबन्धित भएपनि लिग स्थगित हुँदा खेल हुन सकेन । त्यसयता गीता चोटका कारण मैदानबाहिर छिन् ।
सावित्राले यसअघि गोकुलमबाट २ सिजन र सेथुबाट एक सिजन खेलेकी थिइन् । पछिल्लो पटक गोकुलमले उपाधि जित्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।
यसपटक १६ टोली सम्मिलित रहेको लिग वैशाख १२ गतेबाट सुरु हुनेछ । सहभागी टोलीलाई ८–८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । सेथु, किक स्टार्ट, लार्ड्स समूह बीमा छन् भने सावित्रा सम्मलित गोकुमल समूह एमा रहेको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]