default_image

3 years ago

April 16, 2023

सातदोबाटोलाई पुलिसले रोक्यो

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबलाई बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा आइतबार पुलिस र सातदोबाटोबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेनन् । यस बराबरीसँगै सातदोबाटो ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा कायम छ ।

शीर्षस्थानमा रहेको जावलाखेलको समान अंक भएपनि हेड टु हेडमा जावलाखेल अघि रहेको हो । शीर्षस्थानमा उक्लने अवसर गुमाएको सातदोबाटोले ९ खेलमा ५ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस्तै नेपाल पुलिस क्लब ९ खेलमा ५ अंक जोड्दै पुछारबाट एक स्थान माथि उक्लिएको छ । पुलिसको ९ खेलमा १ जित, २ बराबरी र ६ हारको नतिजा छ । फ्रेन्ड्ससँग समान अंक जोडेपनि हेड टु हेडमा पुलिस अघि रहेको हो ।

त्यसअघि च्यासल मैदानमा तीन रातो कार्ड देखाइएको खेलमा संकटा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको थियो । निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा संकटा १-० ले विजयी भएको हो ।

दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सी जुध्दा झन्डै आधा घण्टा ढिलो सुरु भएको थियो । संकटाका गोलरक्षक टिकेन्द्र थापा र एपिएफको जर्सी जुधेपछि खेल निर्धारित समयमा सुरु हुन सकेन । एन्फा प्रतिनिधिको निरन्तर आग्रहपछि संकटाका गोलरक्षक टिकेन्द्रले सेतो पोलो टिसर्ट लगाएर खेलेका थिए ।

खेलको २९ औं मिनेटमा संकटाले अग्रता लिएको थियो । जुनियर एन्कुंगेले पेनाल्टीमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । पेनाल्टी क्षेत्रभित्र अडामा डुम्बियाले आयुष घलानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफमा मनिष डाँगी र दिपेश धिमाल दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीए । एक अर्कामाथि हातपात गरेपछि रेफ्री नविन्द्र महर्जनले दुवैलाई दोहोरो पहेंलो कार्डपछि रातो कार्ड देखाएका थिए । संकटाकै आन्द्रे थिएरी बिइक बिइकले पनि रातो कार्ड पाएका थिए ।

यस जितसँगै संकटा लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेलमा टोलीले ४ जित, ३ बराबरी र २ हारको नतिजा निकाल्यो । यता एपिएफ ११ अंकसहित नवौं स्थानमा छ । एपिएफले ३ जित, २ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

सोमबार लिगमा दुई खेल हुनेछन् । फ्रेन्ड्स र हिमालयन शेर्पाले एन्फा कम्प्लेक्समा तथा थ्री स्टार र चर्च ब्वाइजले च्यासलमा खेल्नेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.