3 years ago
April 16, 2023
एजेन्सी – सुरुवाती दुई गोलको अग्रता र बुकायो साकाले पेनाल्टी चुकाएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ ।

आर्सनल घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो । लन्डन स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा आर्सनलका गाब्रियल जेसस र मार्टिन ओडेगार्डले गोल गर्दा वेस्ट ह्यामका सेड मेनरहमा र जारोड वोवेनले बराबरी गोल फर्काए ।
खेलको सातौं मिनेटमा जेससले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाए । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएको थिए । १०औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।
तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ३३औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ५२औं मिनेटमा आर्सनलले पेनाल्टी पाएपनि बुकायो साका चुक्दा आर्सनल अग्रता बढाउनबाट चुक्यो ।
त्यसको दुई मिनेटपछि जारोड बोवेनले गोल गर्दै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले थिलो केहररको पासलाई सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै आर्सनलले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । आर्सनलको ३१ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७० अंक छ । वेस्ट ह्याम ३० खेलबाट ३१ अंक जोडेर १५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]