3 years ago
April 16, 2023
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले अर्काे बराबरीको नतिजा निकालेको छ । घरेलु टोली गेटाफेले बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो ।

कोलिसिअम अलफन्सो पेरेज स्टेडिय गेटाफेमा आइतबार राति भएको खेलमा बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।
पाँचौ मिनेटमा गेटाफेले गोल गर्ने सुवर्ण मौका खेर फाल्यो । २५औं मिनेटमा बार्सिलोनाको दुई प्रहार पोस्टमा लागेर फर्कदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।
गोलरक्षक मार्क आन्दर टेर स्टेगनको लामो पासमा राफिन्हाको प्रहार पोस्टमा लागेर फर्कदा रिवाउन्डमा एरिक बाल्डेको प्रहार पनि पोस्टमा लाग्द फर्कियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक डेभिड सोरियाले बचाए । ५४औं मिनेटमा फ्रान्क केसीको प्रहारमा पनि गोलरक्षक सोरिया नै बाधक बन्दा बार्सिलोना निराश हुन पुग्यो ।
७५औं मिनेटमा राफिन्हाको फ्रिकिक पनि सदुपयोग हुन सकेन । ८७औं मिनेटमा गेटाफे पुनः अग्रता लिनबाट चुक्यो । त्यसपछि पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै बार्सिलोना पछिल्लो तीन खेलमा जित र गोल गर्न असफल रह्यो । इल्चेलाई ४–० ले हराएपछि बार्सिलोनाले कोपा डेल रेमा रियल म्याड्रिडसँग ४–० को हार बेहोर्दा ला लिगामा जिरोनासँग गोलरहित बराबरी खेलेको थियो ।
यस बराबरीका बावजुत बार्सिलोनाले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ । बार्सिलोनाको २९ खेलबाट ७३ अंक पुगेको छ । समान खेलबाटै रियलको ६२ अंक छ । गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]