9 years ago
January 4, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– कर्ण लिम्बुको ह्याट्रिकसँगै झापा ११ मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । रुपन्देही ११ लाई ४–० को फराकिलो अन्तरले हराउँदै झापाले फाइनल यात्रा तय गरेको थियो ।

कर्ण लिम्बु (फाइल फोटो) ।
कर्णले दोस्रो हाफमा २६ मिनेट भित्र ह्याट्रिक पुरा गरेपछि झापाको फराकिलो जित सम्भव भएको थियो । अर्को गोल योगश गुरुङले गरेका थिए । योगेशले ३७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कर्णले ५१ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । उनले नै ७५ मिनेटमा अर्को गोल थपे भने त्यसको दुई मिनेटपछि गोल गरेर ह्याट्रिक पुरा गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]