3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबका विंगर जगजित श्रेष्ठ आफ्नो पूर्व क्लब मनाङ मर्स्याङ्दी क्लबविरुद्ध प्लेयर अफ द म्याच घोषित भएका छन् । उनले अवार्डसँगै १० हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबार आर्मीले मनाङलाई १-० ले पराजित गर्दा जगजितले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । दोस्रो हाफमा उनले सिर्जना गरेको अवसरमा नै सुदिल राईले आर्मीका लागि निर्णायक गोल गरेका थिए । जगजितको फ्रिकिक पेनाल्टी क्षेत्रभित्र क्लियर गर्न नसक्दा सुदिलले रिबाउन्डलाई गोलमा परिणत गरेका थिए ।
त्यसअघि पनि जगजितले खेलमा आर्मीका लागि पटक पटक अवसर सिर्जना गरे । खेलको सुरुवातमा नै गोलरक्षकसँग टु भर्सेस वनको अवस्थामा उनले नवयुग श्रेष्ठलाई दिएको पास राष्ट्रिय टोलीका फरवार्डले सदुपयोग गर्न सकेका थिएनन् । जगजितले पेनाल्टी क्षेत्रभित्र आशिष श्रेष्ठबाट बल खोस्दै दिएको पासलाई नवयुगले ६ यार्ड बक्स भित्रबाट खाली पोस्टमा गोल गर्न सकेका थिएनन् ।

चोटका कारण लिगको सुरुवाती खेल गुमाएका जगजितले पछिल्लो केहि खेलमा भने राम्रो प्रभाव जमाएका छन् । मुख्यत: लेफ्ट विंगमा खेल्दै आएका उनले आर्मीको लागि अवसर सिर्जना गर्ने जिम्मेवारी निर्वाह गरेका छन् । प्रशिक्षक नविन न्यौपानेले पनि सन्तोष तामाङ पलायन भएपछि जगजितले नै आर्मीको लागि त्यो भूमिका निभाइरहेका छन् । उनले सेट पिसमा पनि उत्तिकै राम्रो अवसर सिर्जना गर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]