default_image

3 years ago

April 19, 2023

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

272 views

0 Bookmark

एजेन्सी – साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्वाटरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मंगलबार राति भएको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित निकाल्दै रियल अघि बढेको हो । दोस्रो लेगमा रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीले बल पोसेसन राखेपनि रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

५८औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।

त्यसपछि रोड्रिगोले ८०औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

यस हारसँगै चेल्सीले अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा लगातार चौथो हार बेहोरेको छ । ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएका थिए ।

तर उनको प्रशिक्षणमा चेल्सीले चार खेल खेल्दा जित निकाल्न सकेको छैन । प्रिमियर लिगमा वल्भ्स र ब्राइटनसँग पराजित भएको चेल्सीले च्याम्पियन्स लिगको दुवै लेगमा रियलसँग हार बेहोर्न पुग्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.