default_image

9 years ago

January 4, 2017

ताप्लेजुङ फागुनन्द गोल्डकपको सेमिफाइनलमा,चर्च ब्याइज बाहिरियो

145 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– कर्ण सिं सोनाम क्लब ताप्लेजुङ फिदिम पाँचथरमा जारी आठौं फागुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । चर्च ब्याइज काठमाडौंलाई बुधबार ६–१ फराकिलो अन्तरले हराउँदै साविक विजेता समेत रहेको कर्ण सिं सोनाम क्लब अन्तिम चारमा पुगेको हो । अब टोलीले सेमिफाइनलमा एलाभेन एरोज सुनसरी सँग प्रतिस्पर्धा गर्नेछ ।

dsc_0599-1
फिदिम उच्च मावि मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा चर्च ब्याइज फराकिलो पराजय बेहोरेको हो । अजय मार्टिन कायोडे १३ आंै मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मार्टिनले रिबाउन्डमा आएको बलमा गोल गरेका थिए । ३८ आंै मिनेटमा ताप्लेजुङका निराजन खड्काले बराबरी गोल गरेका थिए । कर्नर बाट आएको बलमा उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।
दोस्रो हाफमा ताप्लेजुङका लागि अफ्रिकिमुलका सेगुनले ह्याट्रिक पुरा गरे भने सुनिल बल ले थप २ गोल गरे । सेगुनले ४१ औं मिनेटमा गोल गर्दा रोजिन सुब्बाको पास सदुपयोग गरे । ४६ औं मिनेटमा हेडमार्फत गोल गरेका सेगुनले ७८ आंै मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । सुनिलले ५३ औं मिनेटमा रोजिनकै पासमा गोल गरेका थिए । उनले अर्को गोल इन्जुरी समयमा गरे । त्यसमा समिर राईको पास थियो । सेगुन खेलको म्यान अफ दी म्याच घोषित भए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.