default_image

10 years ago

September 20, 2015

नेपाल यु-१६ बिरुद्ध ओमान यु-१६: लाईभ

218 views

0 Bookmark

नेपाल यु-१६ -३   ओमान १६

स्थान: बेस्केक, किर्गिस्तान
समय: २ :४५ (नेपाली समय)

कृपया रिफ्रेस गर्नुहोश 

नेपाल ११  – अर्पन कार्की, सुमन अर्याल  – रोमन लिम्बु  – अनोश मगर  – लक्ष्मण परियार,  अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा, दिनेश हेन्जन – रेजिन सुब्बा

nepal

फाइनल स्कोर ! नेपाल १—३ ओमान

९० + २’ ओमानले तेस्रो गोल गरेको छ । मोहम्मद ओवाइद अल खायदीले गोल गरेका हुन

९०’ ४ मिनेट थप समय

८८’ गोल, नेपालले पेनाल्टी पाएको छ | प्रेजेन तामाङले पेनाल्टीमा नेपालका लागि गोल गरेका छन्

८०’ नेपाल तेस्रो परिवर्तनको तयारीमा । स्ट्राइकर प्रजेन तामाङलाई रेजिन सुब्बाको स्थानमा ल्याइएको छ ।

ओमानले मध्यान्तरपछि पनि २ राम्रा अवसर गुमाइसकेको छ

६८’ नेपालले अभिसेक रिजालको स्थानमा क्षितिज राजलाई ल्याउने ल्याएको छ

६३’ ओमानका खलिफा अल खामिसिीले नेपालका गोलरक्षक काटेर बाहिर हानेका छन

दोस्रो हाफमा नेपालले खेलमा केही सुधार गरेको छ

४८’ गोलरक्षक अर्पण कार्कीले ३ पटक पेनाल्टी बक्स बाहिर निस्किएर बचाएका थिए । मध्यान्तर ठिक अगाडी अर्पणलेनै लडाए पश्चात ओमानले पेनाल्टी पाएको थियो

ओमानका अफ्रिकी अनुहारका २ स्ट्राइकर निकै फास्ट छन् । उनीहरुलाई रोक्न नेपाली रक्षापंक्तिलाई निकै गारो परेको छ ।

४६’ खेलको दोस्रो हाल्फ सुरु, नेपाल यु १६ २-० ले पछी छ

मध्यान्तर नेपाल ०-२ ओमान 

४४’ अर्पणले पेनाल्टी सहि दिशा पत्ता लगाएपनि मोहम्मद खलिफा अल खामिसीले गोल गरी  ओमानलाई २गोलको अगैता दिलाएका छन

ओमानले पेनाल्टी पाएको छ

३९’ कप्तान मनिष कार्कीले पेनाल्टी बक्ससँगैं पाएको अवसर बाहिर फालेका छन

३७’ नेपाल १ गोलले पछाडी र दबाबमा पनि

नेपालका प्रशिक्षक राजेश मानन्धरले खेलाडीहरुलाई यो खेल भएन, नक्कली खेल भयो भनेर चिच्याईरहेका छन्

३२’ नेपालका गोलरक्षक अर्पण कार्कीले दोस्रो पटक पेनाल्टी बक्स बाहिर आएर क्लियर गरेका छन

२३’ अल जावीले अफसाइट विट गरेर अगाडी बढाएको बललाई नेपालका गोलरक्षक अर्पण कार्कीले पेनाल्टी बक्स बाहिर आएर क्लियर गरेका छन |

१७’ नेपाल ले कर्नर पाएको छ

१३ ‘ ओमानका रक्षापंक्तिले गल्ती गरेकोमा आएको बलमा रेजिन सुब्बाको प्रहारलाई ओमानका गोलरक्षकले राम्रो बचाएका छन

गोल मा अझ बडी – नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे |

११’ गोल ओमानले अग्रता लिएको छ

५’ पहिलो पाँच मिनेटमा दुवै टोलीले निकै सुझबुझ खेलिरहेका छन | नेपाललाई ड्र काफी छ

१’ खेल सुरु भएको छ |

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.