default_image

3 years ago

April 21, 2023

युभेन्ट्स र रोमा सेमिफाइनलमा

220 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स अन्तिम चारमा पुग्न सफल भएको हो ।

लिस्वनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सका एड्रिएन राविओटले गोल गर्दा घरेलु टोली स्पोर्टिङका मार्कस इडवार्डले बराबरी गोल फकाएपनि पहिलो लेगमा हार भोगेका कारण टोली अघिल्लो चरणमा पुग्न पर्याप्त भएन ।

खेलको नवौं मिनेटमा एड्रिएन राविओटको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । २०औं मिनेटमा मार्कस इडवार्डले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकिदा युभेन्ट्स पहिलो लेगमो जितका कारण सेमिफाइनलमा पुग्न सफल भयो ।

अर्काे खेलमा रोमाले डच क्लब फियोनुर्डलाई ४–१ ले तथा समग्रमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । दोस्रो लेगमा रोमाको फराकिलो जितमा लियोनार्दाे स्पिनाजोला, पाउलो डिबाला, स्टेफन अल सरावे र लोरेन्जो पेलिग्रेनीले गोल गरे । फियोनुर्डका इगरले इक गोल फर्काए ।

अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई ४–१ ले तथा समग्रमा ५–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

यससँगै युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा रोमा र बायर लिभरकुसन तथा युभेन्ट्स र सेभियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेग ११ मेमा तथा दोस्रो लेग १८ मेमा हुनेछ । फाइनल ३१ मेमा पुस्कास एरिना हंगेरीमा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.