9 years ago
January 5, 2017
टोटेनह्याम (एजेन्सी)– डेले अल्लीले हेडमार्फत दुई गोल गरेपछि टोटेनह्यामले बिहीबार प्रिमियर लिगमा चेल्सीमाथि २–० को यादगार जित हासिल गरेको छ । अल्लीले दुई हाफमा एक एक गोल गरेपछि पछिल्ला १४ भेटमा टोटेनह्यामले चेल्सीमाथि दोस्रो जित दर्ता गरेको थियो । चेल्सीले बिहीबारको खेल जितेको भए एकै सिजन लगातार १४ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गर्ने थियो ।

पाँचौं मिनेटमा इडन हाजार्डको प्रहार गोलमा परिणत भएको भए सायद खेलको कथा बेग्लै हुन सक्थ्यो । तर, उनको प्रहार पोस्टको केही परबाट बाहिरीएको थियो । हजार्ड चुकेपछि अल्ली चुकेनन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन इरिक्सनले दिएको लामो क्रसमा अल्लीले हेड गोल गर्दै चेल्सीविरुद्ध अग्रता दिलाएका थिए ।
डिएगो कोस्टा, हाजार्डले गोल फर्काउने प्रयास गरेपछि सफल भएनन् । तर अल्लीले दोस्रो मौकामा पनि कुनै गल्ति गरेनन् । पेनाल्टी बक्सको दायाँबाट इरिक्सनले दिएको क्रसमा ५४ औं मिनेटमा अल्लीले अर्को हेड गोल गरे । पछिल्ला ४ खेलमा अल्लीको त्यो सातौं गोल थियो ।
घरेलु मैदानमा लगातार पाँच खेल जितेको टोटेनह्याम अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । खेलको म्यान अफ दी म्याच बनेका अल्लीले भने,‘सबै खेलाडीले व्यवसायिक प्रदर्शन गरेका छन् । दोस्रो गोलपछि जितका लागि हामीलाई सहज भएको थियो । ’
शीर्षस्थानको चेल्सी (४९ अंक) को अझै टोटेनह्याम (४२) भन्दा ७ र दोस्रो स्थानको लिभरपुल (४४) भन्दा ५ अंकले बढी छ । टोटेनह्यामसँग समान अंक भएपनि गोलअन्तरमा पछि परेको म्यानचेस्टर सिटी चौथो स्थानमा झरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]