3 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दिपा शाहीले भारतीय महिला लिगको टोली लर्ड्स फुटबल एकेडेमीबाट नखेल्ने भएकी छिन् ।

भारतको व्यावसायिक लिग खेल्न विदेशी खेलाडीको उमेर १८ वर्ष पार भएको हुनुपर्ने भएपछि दिपाले प्रतियोगिता गुमाउने भएकी हुन् । क्लबसँग सम्झौता भएर कागजी प्रक्रिया अघि बढ्दा दिपालाई भारतीय फुटबल महासंघले दर्ता गर्न नमिल्ने जानकारी दिएको क्लब प्रतिनिधिले जानकारी दिए । १८ वर्षभन्दा कम उमेरका विदेशी खेलाडीले व्यावसायिक सम्झौता गर्न नपाउने भएसँगै दिपा अब नेपालमै रहनेछिन् ।
नेपालले एफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने तयारीमा हुँदा १७ वर्षीय दिपा अब टोलीसँग प्रशिक्षणमा जोडिनेछिन् । दिपाकै उच्च प्रदर्शनमा नेपालले छनोटको पहिलो चरण पार गरेको थियो । उनले २ खेलमा ६ गोल गर्दा नेपालले सानदार नतिजा निकालेको थियो । प्यालेस्टाइन र नर्दर्न मारियाना आइल्यान्डलाई समान ६-० ले हराउँदा दीपाले क्रमश: ४ गोल र २ गोल गरेकी थिइन् ।
नेपालले अब दोस्रो चरणमा चीन, म्यानमार र चाइनिज ताइपेइको समान गर्नेछ । प्रतियोगिता जुन महिनामा म्यानमारमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]