9 years ago
January 5, 2017
सिलगुढी÷भारत (एजेन्सी)– भारतले लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । सिलगुढीको कञ्चनजंगा रंगशालामा बंगलादेशलाई ३–१ ले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । डाङमेइ ग्रेस, सुस्मिता मलिक र इन्दुुमतीले गोल गरेपछि भारतले जितको आधार तयार पारेको थियो ।

डाङमेइले १२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएपछि पहिलो हाफमै बंगलादेशकी सिरात जाहान सोप्नाले बराबरी गोल फर्काएकी थिइन् । तर ६० औं मिनेटमा सुस्मिता र ६७ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतको जित पक्का गरे ।
बंगलादेश त्यहि टोली हो जसले भारतलाई समूह चरणमा गोलरहित बराबरीमा रोकेको थियो । तर, भारत फाइनल फेरी च्याम्पियनकै शैलीमा प्रस्तुत भयो र सफलता हासिल गर्यो ।

भारतले सेमिफाइनलमा नेपाललाई पनि ३–१ ले हराएको थियो । जसका कारण नेपाल ६ बर्षे साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भएको थियो । यसपटक भारत चार खेलमै च्याम्पियन बनेको छ । समूह चरणमा बंगलादेशसँग बराबरीमा रोकिनुअघि भारतले अफगानिस्तानलाई ५–१ ले हराएको थियो ।
नेपाल समूह चरणमा दमदार प्रदर्शन गरेपनि फाइनल पुग्नबाट पनि असफल भयो । नेपालले समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराएको थियो । भारतलाई सेमिफाइनलमा गोल गरेकी सावित्रा भण्डारीका लागि भने यो च्याम्पियनसिप यादगार रह्यो । उनले च्याम्प्यिनसिपमा १२ गोल गरेकी थिइन् ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]