3 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अजायी मार्टिन्स चम्कँदा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सानदार जित दर्ता छ । थ्री स्टारले संकटालाई ३–० ले पराजित गरेकाे हाे ।

थ्री स्टारको जितमा अजायी मार्टिन्सले दुई तथा सन्तोष साहुखलले एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टारले खेलको सुरुवातदेखि नै संकटामाथि दवाव सिर्जना गर्दा सहज जित हात पार्न सफल भयो ।
४२औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । योगेश गुरुङको लामो प्रहारलाई संकटाका जुनियरले नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रण बाहिर रहँदा अनिल महर्जनले दिएको थ्रु पासमा मार्टिन्सले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बरा च्याप्दै गोलमा परिणत भएको थियो ।
४६औं मिनेटमा मार्टिन्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । पिटर सेगुनको लामो फ्रिकिकलाई लाकेन लिम्बुले हेडरमार्फत दिएको पासलाई अनमार्क रहेका मार्टिन्सले हेडरमार्फत नै सुन्दर गोल गर्न सफल भए ।
५०औं मिनेटमा मार्टिन्सले पेनाल्टी चुकाउँदा उनी ह्याट्रिकबाट पनि चुके । आदित्य शाक्यको प्रहारलाई कुलदीप कार्कीले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले थ्री स्टारलाई पेनाल्टी प्रदान गर्दा उनको पेनाल्टी पोस्टबाट थोरै बाहिरियो ।
इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्री स्टारको जित पक्का गरे । महेन्द कार्कीको लो क्रसलाई उनले वान टचमा फिनिस गरे ।
संकटाले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । थ्री स्टारका गोलरक्षक मोहम्मद ताहले केही सुन्दर बचाउँ गर्दै लगातार चार खेलमा क्लिन सिट राख्न सफल भए ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारको ११ खेलबाट २१ जोडेको छ । थ्री स्टार शीर्षस्थानको जावलाखेल युथ क्लबसँग २ अंकले पछि छ । जावलाखेलको समान ११ खेलबाट २३ अंक छ । पराजित संकटा ११ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]