3 years ago
April 23, 2023
एजेन्सी – स्पेनिस विंगर फरवार्ड फेरान टोरेसको निर्णायक गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिको मड्रिडमाथि १–० को झिनो जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना थप मजवुत पारेको हो । बार्सिलोनाको जितमा टोरेसको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।
स्पोटिफाइ क्याम्प नोउमा आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि थप गोल भने गर्न सकेन ।
टोरेसको गोलसँगै बार्सिलोनाले पछिल्लो तीन खेलपछि जित निकाल्न सफल भयो । यस्तै बार्सिलोनाले तीन खेलपछि गोलसमेत गर्न सफल भएको हो । ला लिगामा इल्चेलाई ४–० ले पराजित गरेपछि बार्सिलोनाले तीन खेलमा जित र गोलसमेत गर्न सकेको थिएन ।
यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडमाथि ११ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । बार्सिलोनाको ३० खेलबाट ७६ अंक पुगेको छ । समान खेलबाटै रियलको ६५ अंक छ । पराजित एट्लेटिको ६० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]