default_image

3 years ago

April 24, 2023

युभेन्ट्समाथि नेपोलीको नाटकीय जित

307 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा परिवर्तित खेलाडी जियाकोमो रास्पाडोरीले गोल गरेपछि शीर्षस्थानमा रहेको नेपोलीले युभेन्ट्समाथि नाटकीय जित निकालेको छ ।

नेपोलीले घरेलु टोली युभेन्ट्समाथि १–० को नाटकीय जित निकाल्दै उपाधि जित्ने सम्भावना थप मजवुत बनाएको हो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रास्पाडोरीले गरेको गोल नै निर्णायक बन्यो ।

एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा पाहुना टोली नेपोलीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो ।

८६औं मिनेटमा केभिचाका स्थानमा मैदान छिरेका रास्पाडोरीले इज्लिफ इल्मासको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि ८२औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीको ३१ खेलबाट ७८ अंक पुगेको छ । समान खेलबाटै ५९ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.