3 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

फ्रेन्ड्सले एनआरटीलाई ३–१ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु, तोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा रफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । सन्तोष खत्रीको चलाखीपूर्ण पासमा रफिकले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरे ।
४०औं मिनेटमा सन्जिव विष्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लालनुन्जामाको लो क्रसमा अनमार्क रहेका सन्जिवले ६ यार्डमा कुनै गल्ती गरेनन् ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा तोरिच जेब्रिनले फ्रिकिकमा सिधै गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । निकोलस सर्ज सङले तोरिचलाई फउल गरेपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा तोरिच चुकेनन् ।
५५औं मिनेटमा तोरिच जेब्रिनको पासमा कप्तान प्रकाश बुढाथोकीको प्रहारलाई सन्तोष महतले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए । लक्ष्मण रुचालको क्रसमा प्रकाशले गोल गर्न सफल भए ।
८०औं मिनेटमा लक्ष्मणकै क्रसमा रफिकको प्रयास बारमा लागेर फर्कदा फ्रेन्ड्सले थप अग्रता बढाउन सकेन । ८५औं मिनेटमा तोरिच जेब्रिनको पेनाल्टी बक्सभित्रको प्रहारलाई एनआरटीका गोलरक्षक सन्तोष महतले डाइभ दिदै बचाए । लगत्तै कर्नरमा एखररबेक उक्तामोभको हेडर र तोरिचको प्रहारमा गोलरक्षक सन्तोष नै बाधक बने ।
यस जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अंक जोडेको छ । पराजित एनआरटीको १२ खेलबाट १३ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]