3 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विलियम ओपोकु र दीपक राज सिंह ठकुरी चम्कँदा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोले संकटा क्लबमाथि ४–० को सानदार जित दर्ता गरेको हो । सातदोबाटोको जितमा विलियम र दीपकले समान दुई गोल गरे । सातदोबाटोले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थिए ।
च्यासल रंगशालामा बुधबार भएको खेलको १०औं मिनेटमा विलियमको गोलबाट सातदोबाटोले १–० को अग्रता लिन सफल भयो । १९औं मिनेटमा विलियमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २–० ले अघि बढाए ।
दोस्रो हाफको दुवै गोल दीपकको नाममा रह्यो । ६८औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए । ८२औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै सातदोबाटोलाई सानदार जित दिलाए ।
यस जितसँगै १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा १५ अंक जोडेर नवौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]