3 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग अंकतालिकाको मध्यतिर रहेका एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपिएफ र फ्रेन्ड्सले १–१ को बराबरी खेलेका हुन् । एपिएफका लागि प्रदीप लामा र फ्रेन्ड्सका लागि रफिक अर्निमुले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा प्रदीपको गोलबाट २७ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । कप्तान नवीन लामाको पासमा प्रदीपले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए । दोस्रो हाफ सुरुवातमै गोल फर्काउँदै फ्रेन्ड्सले खेलमा दबाब कम गरेको थियो । अर्मिनुले ५२ औं मिनेटमा बराबरी गोल गरेका थिए ।
पहिलो लेगको अन्तिम खेलमा बराबरी गरेको एपिएफ १८ अंकसहित छैटौं स्थानमा छ । फ्रेन्ड्स १५ अंकसहित नवौं स्थानमा छ । पहिलो लेगको समाप्तीमा १३ खेलमा एपिएफले ५ जित, ३ बराबरी र ५ खेलमा हार बेहोरेको छ । त्यत्तिनै खेलमा फ्रेन्ड्सले ४ जित ३ मा बराबरी र ६ खेलमा हार बेहोरेको छ ।
आजै दशरथ रंगशालामा एपिएफ खुमलटार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एनआरटी र हिमालयन शेर्पा क्लबसँगै समान १३ अंक रहेको खुमलटार अंकतालिकाको १२ औं स्थानमा छ भने पुलिस ९ अंकसहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]