default_image

2 years ago

April 28, 2023

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

185 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग बराबरीमा रोकिएको छ ।

युनाइटेड घरेलु टोली टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडका जेडान सान्चो र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका पेड्रो पोरो र ह्युङ मिन सनले बराबरी गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलको सातौं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भएको थियो । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए ।

४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । तर, युनाइटेडले त्यो दुई गोलको अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा सनले गोल गर्दै युनाइटेडलाई जितबाट वञ्चित गराए ।

यस बराबरीसँगै युनाइटेड ३१ खेलबाट ६० अंक जोडेर चौथो स्थानमा यथावत छ । टोटेनहम ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई ४–१ ले पराजित गरेको छ । न्यूक्यासलको जितमा कलुम व्लिसनले दुई तथा जोइलिन्टन र ज्याकव मर्फीले समान एक गोल गरे । घरेलु टोली एभर्टनका ड्वाइट म्याक्नेलले एक गोल फर्काए ।

यस जितसँगै न्यूक्यासल ३२ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित एभर्टन ३३ खेलबाट २८ अंक जोडेर १९औं स्थानमा छ ।

अर्काे खेलमा मार्कस टाभेनिएरको निर्णायक गोलमा बर्नमाउथले साउथह्याम्टनलाई १–० ले पराजित गरेको छ ।

April 28, 2025

लिभरपुललाई‌ प्रिमियर लिग उपाधि

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन […]

April 27, 2025

गोदावरी मेयर कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

April 27, 2025

महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]

Success

Thank you for your time.