3 years ago
April 28, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी क्रेमोनेसलाई पराजित गर्दै फियोरेन्टिना कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा पाएको २–० को जितले समग्रमा २–० कै जित निकाल्दै फियोरेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
स्टेडियो अर्टेमियो फ्रान्ची इटालीमा बिहीबार राति भएको खेलमा घरेलु टोली फियोरेन्टिनाले बल पोसेसन राख्दै क्रेमोनेसलाई दवावमा राखेपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । क्रेमोनेसले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।
अब फियोरेन्टिनाले उपाधिका लागि २४ मेमा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले बुधबार राति युभेन्ट्सलाई समग्रमा २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]