3 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ए डिभिजन लिग २०७९ को बाँकी खेल गुमाउने भएका छन् ।

भुटानका राष्ट्रिय टोलीका फरवार्ड चेन्चोले बायाँ खुट्टामा चोट लागेपछि सिजन गुमाउने भएका हुन् । बायाँ खुट्टाको पैतालामा रहेको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । थ्री स्टार क्लबविरुद्ध खेलका दौरान उनले चोट बोकेका थिए ।
चेन्चोले कम्तिमा ६ साता प्ल्साटर लगाउनु पर्ने भएको छ । त्यस्तै उनलाई मैदान फर्कन कम्तिमा २ महिना लाग्ने डाक्टरले बताएका छन् । क्लब प्रतिनिधिका अनुसार उनको प्लास्टर विहीबार सम्पन्न भएको र अब सिजन गुमाउने पक्का भएको छ ।
चेन्चोले लिगमा ७ खेल खेल्दै १ गोल र १ असिस्ट दिएका थिए । फ्रेन्ड्सविरुद्ध लिगको पहिलो गोल गरेका उनी खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए । नेपालमै सम्पन्न थ्री नेसन्स कपपछि उनी मच्छिन्द्रमा अनुबन्धित भएका थिए ।
भुटानका कप्तान चेन्चो अब जुन तेस्रो साता हुने साफ च्याम्पियनसिपमा पनि उपलब्ध हुने वा नहुनेमा दुविधा छ । साफ जुन २१ जुन देखि ३ जुलाईसम्म भारतमा हुँदैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]