3 years ago
April 28, 2023
एजेन्सी – इंग्लिस क्लब चेल्सीमा खराब नतिजा कायम गरेपनि अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्ड सिजनको अन्त्यसम्म क्लबमै रहने भएका छन् ।

लगातार खराव नतिजा आत्मसात् गरेपनि सिजनको अन्त्यसम्म स्टामफोर्ड ब्रिजको डगआउटमा अब कुनै परिवर्तन नहुने क्लबले पुष्टि गरेको छ । ‘खराब नतिजाको बाबजुद पनि सिजनको अन्त्यसम्म फ्रान्क लाम्पार्डले चेल्सीको अन्तरिम प्रशिक्षक रहनेछन् ।’ क्लबले भनेको छ ।
चेल्सीका पुर्व मिडफिल्डर तथा प्रशिक्षक फर्किएदेखि चेल्सीले लगातार पाँच खेलमा हार बेहोरिसकेको छ । पछिल्लोपटक चेल्सी प्रिमियर लिगमा घरेलु मैदानमै ब्रेन्टफर्डसँग २–० ले पराजित भएको थियो ।
चेल्सीले नयाँ सिजनदेखि मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरिरहेको छ । पोचेटिनो र चेल्सीका अध्यक्ष टोड बोहलीबीच लगातार छलफल भइरहेको छ ।
चेल्सीले ११ मार्चमा लेस्टर सिटीलाई हराएयता जित निकाल्न सकेको छैन । लेस्टरलाई हराउने बेला ग्राहम पोटर प्रशिक्षक थिए । त्यसको दुई खेलपछि पोटर बर्खास्तीमा परेका थिए । एक खेलमा ब्रुनो साल्टोरले चेल्सीको प्रशिक्षक सम्हालेका थिए ।
चेल्सी यो सिजन च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । प्रिमियर लिगमा पनि चेल्सी शीर्ष चारको म्यानचेस्टर युनाइटेडभन्दा २१ अंकले पछि छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]