3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षा नरोकिएपछि शनिबारको लागि तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत चर्च ब्वाइज युनाइटेड र मनाङ–मर्स्याङ्दी क्लबबीचको खेल पनि स्थगित भएको छ ।

भारी वर्षा नरोकिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चर्च ब्वाइज र मनाङबीचको खेल शनिबारको लागि स्थगित गर्दै आइतबार हुने जानकारी गराएको छ । अब चर्च ब्वाइज र मनाङबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो ३ः३० बजे हुनेछ ।
अविरल वर्षापछि चर्च ब्वाइज र मनाङले वार्मअप पनि रंगशालामा गर्न पाएको थिएन । यस्तै शनिबार खेल हुँदा हुँदै रोकिएको दुई खेल पनि सोमबार नै हुने एन्फाले जनाएको छ ।
भारी वर्षाका कारण रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल रोकिन पुगेको थियो ।
एन्फाले शनिबार रोकिएको दुई खेल रोकिएको समयबाटै आइतबार शुरु हुने बताएको छ । शेर्पा र आर्मीबीचको खेल सोमबार दिउँसो ४ः३० बजेपछि रंगशालमामा हुनेछ । यस्तै संकटा र जावलाखेलबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो १ बजेपछि हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब विभागीय त्रिभुवन आर्मी क्लबबीचको खेल भारी वर्षापछि बल नै गुड्न नसक्ने भएपछि खेल रोकिन पुगेको थियो । खेलको ७२औं मिनेटम चलिरहँदा रेफ्री कविन व्यन्जनकारले खेललाई रोकेका हुन् ।
७२औं मिनेटको खेलसम्म शेर्पा र आर्मीले १–१ गोलको बराबरीमा छ । खेलको ३६ सेकेन्डमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । जिलेस्पी जंग कार्कीले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा नवयुगले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भए । जारी लिगमा यो सबैभन्दा छिटो गोल हो । यसअघि सातदोबाटोका दीपक राज सिंह ठकुरीले शेर्पाविरुद्ध नै ४६ सेकेन्डमा गोल गरेका थिए ।
२१औं मिनेटमा मुताम्वा पिस्टोनको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा शेर्पा बराबरीबाट चुक्यो । २५औं मिनेटमा मिलन राईको वान भर्सेस प्रहारलाई गोलरक्षक विकेशले विफल पारे । २९औं मिनेटमा एबायोमी फकुन्लेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए ।
५५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमा सिधै गोल गर्दै खेलर्ला १–१ गोलको बराबरीमा ल्याए । भरत चौधरीले सुशिल राईलाई फउल गरेपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा विश्वासको प्रहार वान बाउन्स हुँदै गोलमा परिणत हुँदा आर्मीका गोलरक्षक विकेशले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
यस्तै च्यासल रंगशालामा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल पनि रोकिएको छ । ५१औं मिनेटमा रेफ्री प्रज्वल क्षेत्रीले खेललाई रोकेका छन् । उक्त खेलमा जावलाखेल १–० ले अघि छ । ३३औं मिनेटमा फोडे फोफानाले जावलाखेलका लागि गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई हेडरमार्फत सदुपयोग गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]