3 years ago
April 30, 2023
एजेन्सी – फ्रान्सेली पुर्व फरवार्ड करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिक सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

रियलले घरेलु मैदानमा अल्मेरियामाथि ४–२ को सहज जित हात पारेको हो । रियलका रोड्रिगोले एक गोल थप्दा अल्मेरियाका लजारो र लुकासले गोल फर्काए ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै कप्तान बेन्जेमाको गोलबाट रियलले १–० को अग्रता लिन सफल भएको थियो । उनले भिनिसियस जुनियरको कट ब्याकमा गोल गर्न सफल भएका थिए ।
१७औं मिनेटमा रोड्रिगोको कटब्याकमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे । ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लुकास भाज्क्वेजलाई लार्गी रमाजानीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा बेन्जेमाले गोल गर्दै ह्याट्रिक पूरा गरे ।
बेन्जेमाको ह्याट्रिकसँगै उनी ला लिगामा सर्वाधिक गोल गर्नेको सुचीमा चौथो स्थानमा उक्लिएको छ । उनले ह्युगो सान्चेजलाई पछि पारेका हुन् । ला लिगामा लियोनेल मेस्सी (४७४), क्रिस्टियानो रोनाल्डो (३११) र जारा (२५२) मात्र बेन्जेमा (२३६) भन्दा अघि छ ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लजारोले लार्गी रमाजानीको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ ले अद्दि बढाए । उनले ड्यानियल सेवालोसको पासमा गोल गर्न सफल भएका थिए । ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।
यस जितसँगै रियल अझैपनि शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनाभन्दा ११ अंकले पछि छ । दोस्रो स्थानमा रहेको रियलको ३२ खेलबाट ६८ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ७९ अंक छ । पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]