3 years ago
April 30, 2023
एजेन्सी – १५ वर्षीय विंगर तथा फरवार्ड लमाइन यमलको कीर्तिमानी खेलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ४–० को पराजित गर्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । बार्सिलोनाको जितमा आन्द्रेस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
स्पेनको उमेर समूहबाट खेलिसकेका युवा प्रतिभावान् फरवार्ड लमाइन यमल बार्सिलोनाबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । जुलाईमा १६ वर्ष पुग्ने बार्सिलोनाको एकेडेमी ला मासियाको उत्पादन यमल ८४औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिरेका थिए ।
१५ वर्ष २९० दिनमा यमल प्रतियोगितामा सहभागी हुने पाँचौं कान्छो खेलाडी बने । मल्लोर्काका युवा खेलाडी लुका रोमेरो १५ वर्ष २१९ दिनको उमेरमा २०२० मा रियल म्याड्रिडविरुद्ध खेल्दा ला लिगामा खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन् ।

यामल, जसलाई बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ‘निडर’ भनेका थिए, उनलाई गत आइतबार एट्लेटिको मड्रिडविरुद्ध पहिलो पटक टोलीमा समावेश गरिएको थियो । शनिबार नोउ क्याम्पमा पनि देखिएका ४१ वर्षीय बेटिस विंगर जोआकिनले यमल जसन्मदा २१५ ला लिगा खेलिसकेका थिए ।
स्पोटिफाई क्याम्प नोउमा शनिबार राति भएको खेलको १४औं मिनेटमा आन्द्रेस क्रिस्टेन्सनको गोलबाट बार्सिलोनाले १–० को अग्रता लिन सफल भयो । चोटबाट फर्किएको पहिलो खेलमा नै आन्द्रेसले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।
३३औं मिनेटमा पाहुना टोली रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । १० मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै एडगर गोन्जालेस मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भयो ।
३६औं मिनेटमा लेवान्डोस्कीले जुल्स कुन्डेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा राफिन्हाले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–० ले अघि बढाए । ८२औं मिनेटमा गुइडो रोड्रिग्वेजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले सानदार जित दर्ता गर्न सफल भयो ।
यस जितसँगै बार्सिलोना यस सिजनको ला लिगाको उपाधि संघारमा पुगेको छ । अब ला लिगामा ६ राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ ।
शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७९ अंक छ । दोस्रो स्थानको रियलको ६८ अंक छ । पराजित रियल बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]