2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
शेर्पा र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्मीका नवयुग श्रेष्ठले गोल गर्दा शेर्पाका कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार नै हुनुपर्ने खेल लगातारको भारी वर्षासँगै शनिबार सम्पन्न हुन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार रोकिएको समयबाटै खेल सुचारु गरेको थियो ।
भारी वर्षापछि रेफ्री कविन व्यन्जनकारले ७२औं मिनेटमा खेल रोेकेका थिए । त्यसपछि पनि वर्षा नरोकिएपछि खेल आइतबारको लागि सारिएको थियो ।
खेलको ३६ सेकेन्डमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । जिलेस्पी जंग कार्कीले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा नवयुगले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
जारी लिगमा यो सबैभन्दा छिटो गोल हो । यसअघि सातदोबाटोका दीपक राज सिंह ठकुरीले शेर्पाविरुद्ध नै ४६ सेकेन्डमा गोल गरेका थिए ।
५५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमा सिधै गोल गर्दै खेललााई १–१ गोलको बराबरीमा ल्याए । भरत चौधरीले सुशिल राईलाई फउल गरेपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा विश्वासको प्रहार वान बाउन्स हुँदै गोलमा परिणत हुँदा आर्मीका गोलरक्षक विकेशले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
आइतबार थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यस बराबरीसँगै आर्मीको १३ खेलबाट २० अंक पुगेको छ । शेर्पाको १३ खेलबाट १४ अंक छ ।
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]
March 16, 2025
एजेन्सी – दुई पटकको अग्रता जोगाउन नसक्दा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटी शनिवार बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ब्राइटनसँग २-२ को बराबरीमा रोकियो । सिटीका लागि एर्लिङ हालाण्ड र ओमर मारमोशले गोल गरे । ब्राइटनका लागि पर्विस एस्टुपिनानले १ गोल गर्दा अर्को गोल सिटीले उपहार स्वरुप दियो । ११औं मिनेटमा हालाण्डले […]
March 16, 2025
एजेन्सी – फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिवार भिल्ला रियललाई २-१ ले पराजित गरेको छ । भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे । खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई […]