3 years ago
April 30, 2023
एजेन्सी – लन्डन क्लब आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

प्रिमियर लिग अन्तरगत आइतबार राति घरेलु टोली फुलहमलाई २–१ ले पराजित गरेपछि सिटीले आर्सनललाइृ पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
क्राभेन कटेज लन्डनमा सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र जुलियन अल्भारेजले गोल गरे । घरेलु टोली फुलहमका भिनिसियले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा नै हालान्डको पेनाल्टी गोलबाट सिटीले अग्रता बनाएको थियो । टिम रिमले पेनाल्टी बक्समा अल्भारेजलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन् । जारी सिजनमा उनको यो ५०औं गोल हो ।
१५औं मिनेटमा भिनिसियसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ह्यारी विल्सनको पासमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा अल्भारेजले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई पुनः २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि सिटीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको नतिजा नै सिटीको जितमा पर्याप्त बन्यो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीले आर्सनललाई १ अंकले पछि पारेको छ । सिटीको ३२ खेलबाट ७६ अंक पुगेको छ ।
सिटीले अझैपनि एक खेल कम खेलेको छ । ३३ खेल खेलेको आर्सनलको ७५ अंक छ । पराजि तफुलहम ३३ खेलबाट ४५ अंक जोडेर १०औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]