default_image

3 years ago

May 1, 2023

डर्टमुन्डलाई पछि पार्दै बायर्न शीर्षस्थानमा उक्लियो

241 views

0 Bookmark

एजेन्सी – हर्था बर्लिनलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । हर्था बर्लिनलाई पराजित गरेपछि तथा अघिल्लो दिन शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता लिन सफल भएको हो ।

घरेलु मैदानमा बायर्नको जितमा सर्ज नाब्री र किङ्सले कोमानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा पाहुना टोली हर्थाले बलियो बायर्नलाई पहिलो हाफमा बराबरी रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

६९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए । ७९औं मिनेटमा किङ्सले कोमानले किम्मिखकै पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको ३० खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमुन्डको ६१ अंक छ । पराजित हर्था २२ अंक जोडेर पुछारमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.