default_image

5 months ago

May 1, 2023

मुख्य प्रशिक्षक श्रेष्ठले मनाङ छाडे

काठमाडौं (हाम्रो खेलकुद) –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कीर्तिमानी आठ पल्टको च्याम्पियन मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर क्लब छाडेको जनाएका छन्। श्रेष्ठले सोमबार दिउँसो घरायसी कारण देखाउँदै राजीनामा दिएको मनाङका अध्यक्ष विजय घलेले जानकारी दिए […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

कीर्तिमानी आठ पल्टको च्याम्पियन मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर क्लब छाडेको जनाएका छन्।

श्रेष्ठले सोमबार दिउँसो घरायसी कारण देखाउँदै राजीनामा दिएको मनाङका अध्यक्ष विजय घलेले जानकारी दिए । उनले भने, उहाँले घरायसी कारण देखाएर राजीनामा दिनुभयो । हामीले राजीनामा स्वीकृत गरेका छौं । ’ घलेले टोलीको पछिल्लो समय खराब प्रदर्शन अपेक्षा विपरित रहेको उल्लेख गर्दै भने, हामी मंगलबार दिउँसो सम्ममा प्रशिक्षक वा कार्यवहाक प्रशिक्षकका बारेमा निर्णय लिनेछौं । ’

लिगको पहिलो लेगका १३ मध्ये पछिल्ला ६ खेलमा लगातार पराजय भोगेपछि दोस्रो लेग सुरु हुनुअघि श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठको नेतृत्वमा मनाङले लिगमा ४ खेलमा जित र ३ मा बराबरी खेलेको थियो । पहिलो लेगको समाप्तीमा मनाङ १५ अंकका साथ दसौं स्थानमा छ ।

थ्री स्टार क्लबसँग १–१ को बराबरी खेलेयता मनाङले सातदोबाटो युथ क्लबसँग १–०, जावलाखेल युथ क्लबसँग ३–०, बबत्रिभुवन आर्मी फुटबल क्लबसँग १–०, एफसी खुमलटारसँग २–१, नेपाल पुलिस क्लबसँग १–० र पछिल्लो खेलमा चर्च ब्वाइज युनाइटेड क्लबसँग ३–० को हार बेहोरेको थियो ।

लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई २–० ले हराएको थियो । दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको मनाङले त्यसपछि लगातार दुई खेल जित्ने क्रममा एपिएफ फुटबल क्लबलाई २–१ ले र फ्रेन्ड्स क्लबलाई २–० ले हराएको थियो । त्यसपछिको खेलमा थ्री स्टारसँग बराबरी खेलेको थियो । सर्वाधिक ८ पटक लिग जितेको मनाङको लिगमा अहिले सम्मकै खराब प्रदर्शन हो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक श्रेष्ठको नेतृत्वमा मनाङले ३ वटा नकआउट प्रतियोगिताको फाइनल खेल्ने क्रममा २ वटा उपाधि जितेको थियो । मनाङले हेटौडा गोल्डकप, तिलोत्तमा गोल्ड कप जितेको थियो भने खप्तड गोल्ड कपको फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

September 24, 2023

न्युक्यासलको ८ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]

September 24, 2023

बायर्नको जितमा केनको ह्याट्रिक

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]

September 24, 2023

म्यानचेस्टर सिटीको छैटौं जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]

Success

Thank you for your time.