default_image

3 years ago

May 2, 2023

लेस्टर र एभर्टनको रोमाञ्चक बराबरी

374 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो ।

लेस्टरका काग्लर सोयुन्कु र जेमी भार्डीले गोल गर्दा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र एलेक्स इओवीले बराबरी गोल फर्काए ।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए । त्यसपछि लेस्टरले १२ मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएपनि त्यसलाई जोगाउन सकेन ।

२२औं मिनेटमा काग्लरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३३औं मिनेटमा जेमी भार्डीले गोल गरेपछि लेस्टरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा जेम्स म्याडिसन पेनाल्टीमा चुक्दा टोलीले थप अग्रता बढाउन सकेन । त्यसपछि ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक जोडेर १६औं स्थानमा छ । टोली रेलिगेसन जोनको लिड्स र नटिङहम फरेस्टसँग अंक बराबरी भएपनि गोल अन्तरमा अघि छ । एभर्टन ३४ खेलबाटै २९ अंक जोडेर १९औं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.