3 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गोकुलम करेला एफसीलाई भारतीय महिला लिग (आइडब्लूएल) तेस्रो खेलमा जित दिलाउने क्रममा पनि २ गोल गरेकी छिन् ।

गोकुलमले मंगलबार भएको आफ्नो तेस्रो खेलमा होप्स फुटबल क्लबलाई ३–० ले हराएको छ । सावित्राले खेलमा २ गोल र एसिम रोजा देवीले १ गोल गरेकी थिइन् । एसिमको गोलबाट ३८ औं मिनेटमा गोकुलमले अग्रता लिएको थियो ।
सावित्राले ४९ औं र ६३ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित गरेकी थिइन् । पहिलो गोल उनले हेडमार्फत गरेकी थिइन् ।जारी लिगमा सावित्राको गोल संख्या ११ पुगेको छ ।
गत बुधबार भएको इस्ट बंगाललाई ८–२ ले हराउँदा ५ गोल गरेकी सावित्राले स्पोर्टस उडिसामाथि ८–१ को जितमा ४ गोल गरेकी थिइन् । लिगमा उनी उच्च गोलकर्ताको शीर्षस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी खेलाडीको ६ गोल छ ।

लगातार तीन जितमा ९ अंकसहित गोकुलम समूह एको शीर्षस्थानमा छ । समूह बीमा राष्ट्रिय टोलीकी कप्तान एवंम् गोलकिपर सम्मिलित सेथु ६ अंकसहित शीर्षस्थानमा रहेको छ । दुई समूहमा समान ८ गरि १६ टोलीले आइडब्लूएलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]