3 years ago
May 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले पूर्व प्रशिक्षक किरण श्रेष्ठलाई जित समर्पण गरेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध बुधबार भएको खेलको जिम्मेवारी सम्हालेका क्लबका सहायक प्रशिक्षक प्रविन श्रेष्ठले जितपछि यसै साता क्लब छाडेका प्रशिक्षकलाई जित समर्पण गरेको बताएका हुन् ।

दशरथ रंगशालामा आर्मीलाई पराजित गर्दै मनाङको ६ खेल लगातार हारको सिलसिलामा पूर्णविराम लागेको थियो । सिजनको सुरुवाती ७ खेलमा अपराजित रहेको मनाङले त्यसपछि लगातार ६ खेलमा हार बेहोरेको थियो । प्रशिक्षक किरण श्रेष्ठले सिजनको सुरुवातदेखि नै यसपटक टोली निर्माणमा बढी ध्यान रहने र अर्को सिजन जितका लागि खेल्ने बताएका थिए । तर क्लबले लगातार खराब नतिजा हासिल गरेपछि आपसी सहमतिमा उनले क्लब छाडे ।
आर्मीविरुद्ध जितपछि सहायक प्रशिक्षक तथा गोलरक्षक प्रशिक्षक प्रविन श्रेष्ठले किरणलाई जित समर्पण गरे । ‘आजको जित किरण दाईलाई समर्पण गर्छौं । आज जितको कारण पनि वहाँ नै हो । हामीले वहाँकै रणनीतिमा खेलेका हौं । फरक यति हो कि यसअघिका खेलमा टिम स्पिरिट अलिकति कम भएको महसुस भएको थियो । आज भित्र होस् या बाहिर, सबैले केहि गर्नुपर्छ भन्ने थियो । सबैमा अलिकति जिम्मेवारी पनि बढी थियो,’ श्रेष्ठले थपे ।

‘हुन त किरण दाइ गएपछि सबैलाई नराम्रो लागेको थियो । वहाँको लागि केहि गर्नुपर्छ भन्ने थियो । आज नतिजा आएको पनि वहाँकै रणनीतिमा खेल्दा हो । अब अर्को दिनबाट नयाँ प्रशिक्षक आउनुहुन्छ होला । त्यसपछि मेरो भूमिका के हुन्छ अब क्लबले भन्ला । आज भने मैले किरण दाइको सहायकको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको हो । अब गोलरक्षक भूमिका हुन्छु वा के हुन्छ नयाँ प्रशिक्षक आएपछि थाहा हुन्छ,’ उनले अभिव्यक्ति दिए ।
मनाङले अर्को खेलमा शनिबार सातदोबाटो युवा क्लबको सामना गर्दैछ । यसअघि लिगको आठौं चरणमा सातदोबाटोसँग हारेपछि नै मनाङको लगातार ६ हारको सिलसिला सुरु भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]