default_image

3 years ago

May 4, 2023

साफ च्याम्पियनसिप कुवेतले पनि खेल्ने

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतमा यसै वर्ष आयोजना हुने दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि भाग लिने भएको छ । दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले बुधबार साफ च्याम्पियनसिपको १४ औं संस्करणमा कुवेतको सहभागिता रहने जनाएको छ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गते सम्म बंगलुरुपमा आयोजना हुने भएको छ । यसपटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ६ र कुवेतको गरि ७ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत छन् । फिफाको निलम्बनमा रहेका कारण श्रीलंकाले भाग लिने छैन।

दुई वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियसिपमा ५ टोलीको सहभागिता रहेको थियो । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल र भारतले फाइल खेलेका थिए । फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । ३ दशक भन्दा लामो इतिहास बोकेकोब साफ च्याम्पियनसिपमा नेपाल त्यहि एक पटक फाइनल पुग्न सफल भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.