3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरेला एफसी भारतीय महिला लिग (आइडब्ल्यूएल) मा बिहीबार बराबरीमा रोकिएको छ ।

मिसाका युनाइटेड एफसीसँग भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सावित्रा पूरा समय खेलेकी थिइन् । अघिल्ला सुरुवाती ३ खेलमा सावित्राले ११ गोल गरेकी थिइन् । उनले पहिलो खेलमा ५, दोस्रोमा ४ र तेस्रोमा २ गोल गरेकी थिइन् । सर्वाधिक गोलकर्ताको सुचीमा सावित्रा शीर्षस्थानमा छिन् ।
बराबरीपछि पनि गोकुलम १० अंकसहित समूह एको शीर्षस्थानमा रहेको छ । ४ खेलमा इस्ट बंगाल एफसी ९ अंकसहित दोस्रो, मुम्बई नाइट्स एफसी (७ अंक) तेस्रो स्थानमा छ । समूह बीमा राष्ट्रिय टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा रहेको सेथु ९ अंकसहित शीर्षस्थानमा छ । महिला लिगमा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई २ समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]