3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा छिमेकी संकटा क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा विहीबार भएको खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्ती मगर र अोलावाले आफिजले १-१ गोल गरे । संकटाका जुनियर एन्कुंगेले फर्काएको गोल नतिजा बदल्न पर्याप्त रहेन ।
यस जितसँगै मच्छिन्द्र २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । मच्छिन्द्रले १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजा निकालेको छ । यता संकटा छैटौं हारसँगै ११ अौं स्थानमा छ । संकटाको ४ जित र ४ बराबरीले १६ अंक छ ।
चौथो मिनेटमै मच्छिन्द्रले सुरुवाती अग्रता लियो । देवेन्द्र तामाङले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै अघि बढाएका थिए । पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापाले समाउन नसक्दा फर्किएको बललाई देवेन्द्रले गोल गरे ।
१९ अौं मिनेटमा निशेन सुब्बाको क्रसमा विमल घर्ती मगरको हेडर गोलरक्षक टिकेन्द्रले बाँयातर्फ डाइभ दिँदै बचाए । लगत्तै आन्द्रेस नियाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार बिइक बिइकले रोके ।
दोस्रो हाफको ६९ अौं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्यो । सौरभ लिम्बुको पासमा अोलावाले आफिजले वन भर्सेस वनको अवस्थामा फिनिस गर्दै लिगमा व्यक्तिगत नवौं गोल गरे । त्यसको २ मिनेटमै आफिजले गोल थपेपनि सहायक रेफ्री नानीराम थापामगरले अफसाइडको लागि झन्डा उठाए ।
७८ अौं मिनेटमा संकटाले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । निशान खड्काको क्रसमा जुनियर एन्कुंगेले हेडरमार्फत गोल गर्दै स्कोर २-१ बनाए ।
८९ अौं मिनेटमा विमलले गोल गर्दै जित पक्का गरे । देवेन्द्रको लामो फ्रिकिकलाई उनले पेनाल्टी क्षेत्र भित्र अनमार्क रहेको अवस्थामा गोलको दिशा दिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]