3 years ago
May 5, 2023
एजेन्सी – नेपोली ३३ वर्षपछि इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । उडिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो ।

दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएर नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नेपोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज डिएगो म्याराडोनाको समय सन् १९८७ र १९९० मा जितेका थिए । अहिले नेपोलीको स्टेडियमको नाम नै डिएगो अर्मान्डो म्याराडोना राखिएको छ ।
डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएर टोलीलाई च्याम्पियन बनाए ।
यही तीन दशकको अवधिमा नेपोलीले आर्थिक संकटसँगै थुप्रै अवरोह खेपेको थियो । टोली रेलिगेसनमा पर्दै सिरी ‘सी’ समेत खेलेको थियो । नेपोलीले विगत ११ सिजनमा तीन पटक कोपा इटालिया जितेपनि नेपोली समर्थकहरुले सिरी ‘ए’ को उपाधि नै चाहेका थिए । त्यो ३३ वर्षपछि पूरा भएको छ ।
नेपोलीको च्याम्पियन यात्रामा नाइजेरियाका फरवार्ड भिक्टर ओसिमहेन र जर्जियाका विंगर खविचा क्वारात्स्केलियाले दृश्यमा आए । ओसिमहेनले २६ प्रिमियर लिग खेलमा २१ गोल गरेका छन् । खविचाले १२ गोल र १० असिस्ट प्रदान गरेका छन् ।
रोमाबाट दुई पटक कोपा इटालियाको उपाधि जित्ने ६४ वर्षीय प्रशिक्षक लुसियानो स्पालेट्टी सिरी ‘ए’ उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक बनेका छन् ।
लुसियानोको टोलीले गत साता नै ६ खेल बाँकी छँदै उपाधि जित्ने मौका पाएपनि सालेरनिटानासँग बराबरी खेलेपछि अर्काे खेल कुर्नुपरेको थियो ।
नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पछिल्लो तीन सिजनमा तीन फरक च्याम्पियन पाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेयता त्यसपछिको तीन सिजनमा इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]